विश्व

उत्तर कोरियामाथि दक्षिण कोरियाली चिप उपकरण बनाउने कम्पनी ह्याक गरेको आरोप

इकागज |
फागुन २२, २०८० मंगलबार ११:४६ बजे

काठमाडौँ- दक्षिण कोरियाले आफ्ना चिप उपकरण बनाउने कम्पनीलाई उत्तर कोरियाले ह्याक गरेको आरोप लगाएको छ ।

दक्षिण कोरियाको गुप्तचर संस्थाले दावी गरेअनुसार उत्तर कोरियाले दक्षिण कोरियाको हतियार कार्यक्रमको सेमिकन्डक्टर बनाउन खोजिरहेको छ ।


दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले दावी गरेअनुसार उत्तर कोरियाले आफ्नो सेमिकन्डक्टर बनाउन खोजेको दावी गरेको बीबीसीले उल्लेख गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले देशको चुनावलाई प्रभावित पार्न उत्तर कोरियाले साइबर आक्रमण गर्न सक्ने चेतावनी दिएको केही महिनापछि नै यो समाचार बाहिर आएको हो ।


Author

थप समाचार
x