विश्व

भारतमा डाटा सेन्टर स्थापना गर्ने तयारीमा मेटा, ५ सय देखि १२ सय करोड खर्च हुन सक्ने

इकागज |
फागुन २३, २०८० बुधबार १४:० बजे

काठमाडौँ- फेसबुकको माउ कम्पनी मेटाले भारतमा डाटा सेन्टर स्थापना गर्ने तयारी गरेको छ ।

हिन्दुस्तान टाइम्सले जनाएअनुसार छोटो भिडियो राख्न मिल्ने 'रिल्स' को माग भारतमा बढ्दै गएको भन्दै मेटाले भारतमा डाटा सेन्टर स्थापनाका लागि अध्ययन सुरु गर्ने भएको छ ।


मनीकन्ट्रोलले उल्लेख गरेअनुसार मेटाले १० देखि २० मेगावाटको डाटा सेन्टर भारतमा खोल्ने तयारी गरेको हो ।

यसका लागि मेटाले ५ सय देखि १२ सय करोड भारतीय रुपैयाँ खर्च गर्ने छ ।


Author

थप समाचार
x