विश्व

अमेरिकी हाउस प्यानेलले अनुमोदन गर्‍यो टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक

इकागज |
फागुन २५, २०८० शुक्रबार ११:५४ बजे

काठमाडौँ- अमेरिकी कंग्रेसनल प्यानेलले चिनियाँ कम्पनीअन्तर्गतको टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने अथवा उक्त एपलाई जबरजस्ती बिक्री गर्न लगाउने विधेयक अनुमोदन गरेको छ ।

बीबीसीले जनाएअनुसार प्यानलले टिकटकको माउ कम्पनीलाई ६ महिनाभित्र एप बेच्न वा प्रतिबन्धको सामना गर्न बाध्य पार्ने विधेयकलाई अनुमोदन गरेको हो ।


ह्वाइट हाउस र हाउस अफ रेपरेजेन्टेटिभ्स कमिटीको साथ पाएको प्यानलले राष्ट्रिय सुरक्षालाई लिएर उक्त कदम अघि बढाइएको जनाएको छ ।

तर टिकटले उक्त विधेयकका कारण वाक स्वतन्त्रता तथा टिकटकमा आधारित साना व्यवसायलाई हानी पुर्‍याउने चेतावनी दिएको छ ।

उक्त विधेयक आगामी हप्ता संसदमा पेश हुने अपेक्षा गरिएको छ ।


Author

थप समाचार
x