विश्व

अमेरिकाले पृष्ठभूमि जाँच बिना बिक्री गर्न अनुमति दिने 'गन शो लुपहोल' अन्त्य गर्ने

इकागज |
चैत ३०, २०८० शुक्रबार ११:२९ बजे

काठमाडौँ- अमेरिकाले संघीय पृष्ठभूमि जाँच बिना बन्दुक शो र इन्टरनेटमा हजारौं हतियारहरू बेच्न अनुमति दिने 'लुपहोल' अर्थात छिद्रलाई बन्द गर्ने भएको छ ।

यसले करिब २३ हजार बिक्रेताहरूलाई इजाजतपत्र प्राप्त हतियार डिलरहरूको रूपमा वर्गीकृत गर्नुका साथै उनीहरुलाई बन्दुक बिक्रीका लागि चेकजाँचको अधीनमा समेत ल्याउने बीबीसीले जनाएको छ ।


महान्यायाधिवक्ता मेरिक गारल्याण्डले नाफा कमाउन मुख्यतया बन्दुक बेच्ने इजाजतपत्र प्राप्त गर्नुपर्ने बताएका छन् ।

जो बाइडेन प्रशासनले बन्दुक समर्थक समूहहरूले यस निर्णयविरुद्ध अदालतमा जाने अपेक्षा गरिएपनि आफूहरू जित्नेमा विश्वस्त भएको जनाएको छ ।

अमेरिकामा करिब ८० हजार इजाजतपत्र प्राप्त बन्दुक डिलरहरूको पहिले नै पृष्ठभूमि जाँच गर्न आवश्यक देखिएको छ ।

गन वाइलेन्स आर्काइभका अनुसार गत वर्ष अमेरिकामा बन्दुकसँग सम्बन्धित घटनामा ४० हजारभन्दा बढीको मृत्यु भएको थियो ।


Author

थप समाचार
x