विश्व

एआई कम्पनीका लागि एलन मस्कले इन्जिनियर र डिजाइनर खोज्दै

इकागज |
बैशाख २, २०८१ आइतबार १३:२४ बजे

काठमाडौँ- एलन मस्कले युवा प्रतिभाशाली व्यक्तिहरूलाई आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआईमा आबद्ध हुन आग्रह गरेका छन् ।

मस्कको एक्सएआई कम्पनीले उत्पादन, डाटा र पूर्वाधारसँगै अहिले इन्जिनियर र डिजाइनर भर्ती गरिरहेको एआईएनएसले जनाएको छ ।


मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फ एक्सएआईमा भर्ती हुन आग्रह गरेका हुन् ।

'ग्रोक' नामक एआई च्याटबट सार्वजनिक गर्ने कम्पनीले एआई ट्युटरहरू पनि भर्ती गरिरहेको छ ।

एक्सएआईले अमेरिकाको सान फ्रान्सिस्को बे एरिया र पालो अल्टो तथा लन्डनका लागि कर्मचारीहरू भर्ना गरिरहेको छ ।


Author

थप समाचार
x