झारखण्डका पूर्वमुख्यमन्त्री सोरेनलाई जमानत
![](https://ekagajcdn.prixacdn.net/media/albums/jamanatnews_QkUXQA7YnA.jpg)
काठमाडौँ- भारतको झारखण्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेनलाई जमानत दिइएको छ ।
हेमन्त सोरेनले कथित जग्गा घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा झारखण्ड उच्च अदालतबाट जमानत पाएका छन् ।
न्यायाधीश रोङन मुखोपाध्यायको इजलासले यस्तो फैसला गरेको हो । अदालतले दुई वटा ५० हजार रुपैयाँ धरौटी बुझाउन पनि आदेश दिएको छ ।
सोरेनलाई ईडीले जनवरीमा पक्राउ गरेको थियो । अब उनी करिब पाँच महिनापछि जेलबाट बाहिर आउने भएका छन् । उनलाई कथित जग्गा घोटालामा पक्राउ गरिएको थियो । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया