दुर्गा प्रसाईंको २ अर्बको तरकारी बजार : ओलीले आज उद्घाटन गर्दै

इकागज | चैत १६, २०७८

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गर्दैछन् ।

देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने भएका हुन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका छन् । उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने भएका छन् । 

तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने प्रसाईं बताएका छन् । 

कृषिका नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने

इकागज | चैत ९, २०७८

चितवन - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्ने...