क्रिकेट

टी-१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएई प्रस्थान

इकागज | माघ ९, २०७७

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन् । उनीहरु टी-१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन् ।

खड्का टी-१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनेछन् । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्नुहुनेछ । टी-१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई गएका हुन् । उनले अरेबियन्स टोलीबाट खेल्नेछन् । 

टी-१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता भएनन् । खड्काले भने एउटा खेल खेलेका थिए । टी-१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।  

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको रवाफ कायमै, पुलिसको पहिलो जित

इकागज | माघ ७, २०७७

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार दुई विभागीय टोलीले जित दर्ता गरे...

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी र कर्णाली प्रदेश विजयी

इकागज | माघ ६, २०७७

काठमाडौँ : कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्र...