अपराध

गुम्बाबाट सय वर्ष पुरानो घण्टा चोरी गरेको आरोपमा पक्राउ

इकागज | चैत १७, २०७८

सिन्धुपाल्चोक– बहुमुल्य घण्ट डाँकाचोरी गरेको आरोपमा २ जना दुई जना पक्राउ परेका छन्।  सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं.३ गुम्बा गाँउको बीचमा पर्ने केवालुङघ्याङ गुम्बाबाट घण्ट चोरेको अभियोगमा दुई जना पक्राउ परेका हुन्।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा जुगल–३ का प्रेमबहादुर लामार कल्बे च्याङ्बा भन्ने आस लामा रहेका छन्।

१५ किलोग्राम तौलको ढलोट लगायतको धातु मिसावट भएको एकसय वर्ष भन्दा पुरानो बहुमुल्य घण्ट चोरी भएको हो। २०७२ सालको भूकम्पले गुम्बा भत्काएपछि गाँउकै ज्याजुङ दोर्जे लामाको जिम्मामा राखिएको थियो ।  सो बहुमुल्य घण्ट गएको पुस १७ गते डाँकाचोरी भएको भनी थाहा हुन आएको थियो ।
 

डाँकाचोरी कार्यमा सम्लग्न रहेकाहरु किाठमाण्डौ गोकर्णेश्वर न.पा. ८ माकलवारीमा लुकिछिपी बस्दै आएका छन् भन्ने प्राप्त विशेष सूचनाको आधारमा प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा घटनामा सम्लग्न रहेका मध्ये २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।