अपराध

प्रहरीको साइबर ब्यूरोको नक्कली फेसबुक बनाउने पक्राउ

इकागज | फागुन १६, २०७७

काठमडौँ : प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्‍न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले प्रहरीको नक्कली फेसबुक पेज बनाएर नेपाल प्रहरीको छवि विगार्ने र प्रहरीले गरेको काम काजप्रति भ्रम फैलाउने र आपराधिक क्रियाकलाप गर्दै हिँडेकाले फागुन १३ मा रुपन्देशीबाट पक्राउ गरी आज सार्वजनिक गरेको जानकारी दिए ।

पक्राउ पोखरेललाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौँले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको प्रहरीको भनाइ छ ।  रासस 

जमिनमा गाडिएको बालिकाको शव प्रहरीले निकाल्यो, आमासहित ६ जना नियन्त्रणमा

बिक्रम खड्का | फागुन ११, २०७७

बुटवल : रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा जमिनमा गाडेको एक बालिकाको शव प्रहरीले निका...