मोटरसाइकल चोरेर बेचेको अभियोगमा ३ पक्राउ
भक्तपुर : मोटरसाइकल चोरर विक्री गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ का २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका-५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल वर्कसप संचालक २९ वर्षीय सुनिल तामाङ र पर्सा वीरगंज राधेमाई नगरपालिका-६ घर भएका सोही वर्कसपका संचालक २० वर्षीय पप्पु पटेल छन् ।
गत शुक्रबार सूर्यविनायक नगरपालिका-१ सिरुटारमा राजन सवार बा. ९५ प ६४०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चोरीको भएको खुलेको हुँदा राजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा बा. ७२ प ७९४९ नम्बरको मोटरसाइकलसमेत उनीहरूले नै चोरी गरेर विरुवास्थित सुनिल र पप्पु पटेलको विन्दबासिनी मोटरसाइकल वर्कसपमा बिक्री गरेको खुल्न आएको थियो ।
नम्बरको मोटरसाइकलहरू महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंको वडा एरियाबाट चोरी गरेको भन्ने खुल्न आएकोले उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।