रोग र उपचार

हुम्लाको लाली स्वास्थ्यचौकीमा औषधि अभाव

इकागज | कात्तिक २१, २०७८

हुम्ला- खार्पुनाथ गाउँपालिका–१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । सरकारले निःशुल्क वितरण गर्ने  औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ । 

मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासी विर्जन शाहीले जानकारी दिए । उनले भने, 'स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन् ।'

दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने बताइएको छ ।  पछिल्लो समय ‘सिजनल फ्लु’का कारण स्वास्थ्य संस्थामा बिरामी बढेका छन् ।  
रासस

प्रादेशिक प्रयोगशाला विस्तार, निजीमा महँगो शुल्क तिर्न नपर्ने

इकागज | कात्तिक १६, २०७८

काठमाडौँ - प्रदेश २ मा रहेको प्रादेशिक प्रयोगशालालाई विस्तार गरिएको छ । विगतमा कोभिडको मात्रै जाँच हुँ...