फुटबल

युरो २०२० : पहिलो क्वार्टरफाइनल

स्पेन र स्वीटजरल्यान्डबीचको खेल टाइब्रेकरमा धकेलियो

इकागज | असार १९, २०७८

काठमाडौँ : युरो २०२० को पहिलो क्वाटरफाइनल अन्तर्गत स्पेन र स्वीटजरल्यान्डबीचको खेल टाइब्रेकरमा धकेलिएको छ । निर्धारित ९० र थपिएको ३० मिनेटको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

अब टाइब्रेकरमा जित निकाल्ने टिम सेमीफाइनल पुग्नेछ । स्वीटजरल्यान्डका लागि कप्तान जार्दन शाकिरीले गोल गरेका हुन् भने स्वीट्जरल्यान्डकै डेनिस जकारियाले आत्मघाती गोल गरेका थिए । यसअघि प्रि-क्वाटरफाइनलमा टाइब्रेकमा फ्रान्सलाई हराउँदै स्वीटजरल्यान्ड क्वार्टरफाइनल पुगेको थियो ।

आजको खेलमा स्वीटजरल्यान्ड १० खेलाडीमा सिमित छ । उसका रिमो फ्रीउलरले रेर्ड कार्ड खाएर मैदानबाट बाहिरिएका थिए ।

स्पेन र स्वीट्जरल्यान्डबीच बराबरी, खेल अतिरिक्त समयमा धकेलियो

इकागज | असार १८, २०७८

काठमाडौँ : युरो २०२० को पहिलो क्वाटरफाइनल अन्तर्गत स्पेन र स्वीटजरल्यान्डबीचको खेल बराबरी भएको छ । निर्धा...

रोनाल्डोविरूद्ध मेस्सी : अन्तराष्ट्रिय प्रतियोगिताहरूमा कसको तथ्यांक बलियो ?

इकागज | असार १८, २०७८

काठमाडौँ : क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगलको युरो २०२० यात्रा अन्तिम १६ मै अन्त्य भयो । बेल्जि...

युरो २०२०: क्‍वार्टरफाइनल हेर्न किन रोम पुग्‍ने छैनन् इंगल्यान्ड र युक्रेनका समर्थक ?

इकागज | असार १७, २०७८

काठमाडौँ: आउँदो शनिबार राति इंगल्यान्ड र युक्रेन युरो २०२० को क्‍वार्टरफाइनलमा भिड्दैछन् । खेल ...