अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने १८ खेलाडी (सूची)
काठमाडौँ : केही दिनअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अली डाईको कीर्तिमान बराबरी गरे । एक सय ४९ खेलमा एक सय नौ गोल गरेका डाईको कीर्तिमान रोनाल्डोले एक सय ७८ औँ खेलमा बराबरी गरे ।
रोनाल्डो विश्वमै सबैभन्दा धेरै अन्तराष्ट्रिय खेल खेल्ने खेलाडीमध्येका एक हुन् । रोनाल्डोका पूर्वसहकर्मी सर्जियो रामोसले स्पेनका लागि एक सय ८० खेल खेलेका छन् । त्यस्तै इजिप्टका पूर्वमिडफिल्डर अहमद हसनका नाममा पनि एक सय ८४ क्याप छ । तर यी खेलाडी भन्दा पनि बढी खेल खेल्ने कुवेतका बादेर अल मुतावा हुन् ।
३६ वर्षीय स्ट्राइकर अल मुतावा शुक्रबार अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बने । जारी अरब कप छनौटमा बहराइनविरुद्धको खेल उनले कुवेतका लागि खेलेको एक सय ८५ औँ खेल थियो ।
मुतावाले सेप्टेम्बर ४, २००३ मा कुवेतका लागि पहिलो खेल खेलेका थिए । एसियन कप छनौट अन्तर्गत सिंगापुरसँगको खेलबाट कुवेतका लागि डेब्यु गरेका मुतावा १८ वर्षका थिए । कुवेती कप्तानले कुल ४४ अन्तराष्ट्रिय टिमविरुद्ध खेलेका छन् । र, ५४ गोल गरेका छन् ।
सर्वाधिक खेल खेल्ने खेलाडीहरूः
१, बादेर अल मुतावा, कुवेत, १८५
२, अहमद हुसेन, इजिप्ट, १८४
३, सर्जियो रामोस, स्पेन, १८०
४, क्लाडियो स्वारेज, मेक्सिको, १७९
५, क्रिस्टियानो रोनाल्डो, पोर्चुगल/होसम हसन, इजिप्ट÷मोहमद अल डेइया, साउदी अरब, १७८
६, अमेर शाफी, जोर्डन/जियानलुजी बुफोन, इटाली, १७६
७, इभान हुरटाडो, इक्वेडर, १६८
८, भिटालिजस अस्ताफजेभ्स, लाट्भिया/इकर कासियास, स्पेन, १६७
९, अडनन अल तालयानी, युएई/आन्द्रेस गुवारदादो, मेक्सिको/कोबि जोन्स, अमेरिका १६४
१०, समिर अल जाबेर, साउदी अरेबिया/मायनोर फिगुएरोरा, होन्डुरस/मोहमद अल खिलाइवी, साउदी अरेबिया, १६३