फुटबल

पोखराको जितमा नायक बने नवयुग

इकागज | बैशाख १५, २०७८

काठमाडौँ : काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) मा बुधबार पोखरा थन्डर्सले विराटनगर सिटी एफसीलाई १-० ले पराजित गरेको छ । खेलको एक मात्रै गोल नवयुग श्रेष्ठले गरे । जितसँगै पोखराले लिगमा पहिलो पटक तीन अंक बटुल्यो । 

लिगको पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग हारेको पोखरालाई जिताउन नवयुगले ८३ औँ मिनेटमा हेडर गोल गरेका थिए । पहिलो खेलमा धनगढी एफसीलाई पराजित गरेको विराटनगरले दोस्रो खेलमा सन्तोषजनक खेल देखाउन सकेन । 

बुधबार दुई खेल भएसँगै एनएसएलमा दोस्रो चरणका खेल सकिएका छन् । बिहीबार एक खेल हुनेछ । जसमा ललितपुर एफसी र धनगढी एफसी आमनेसामने हुनेछन् । ललितपुरले लिगमा जित दर्ता गर्न सकेको छैन । उता धनगढीले दुई खेलमध्ये एकमा जित हासिल गरेको छ । 

म्यानचेस्टर सिटीविरुद्ध नेयमार पोचेटिनोको मुख्य हतियार बन्‍न सक्लान् ?

इकागज | बैशाख १५, २०७८

काठमाडौँ: माउरिसियो पोचेटिनो पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षक बनेको धेरै समय भएको छैन । तर पे...

च्याम्पियन्स लिग जित्दै सुपर लिगलाई ओझेलमा पार्ने दाउमा बेन्जेमा

इकागज | बैशाख १५, २०७८

काठमाडौँ: युरोपका केही ठूला क्लबलाई सुपर लिग सपनातर्फ डोहोर्‍याउने ब्यक्ति फ्लोरेन्टिनो पेरेज हुन् । ...

कारबाओ कप जितेपछि ग्वार्डिओलाको प्रतिक्रिया : ‘सबैभन्दा महत्वपूर्ण उपाधि जित्‍न बाँकी छ’

इकागज | बैशाख १३, २०७८

काठमाडौँ : म्यानचेस्टर सिटीले आइतबार काराबाओ कप जित्यो । फाइनलमा टोटनहमलाई पराजित गरेपछि सिटी लगातार...

इएफएल कप फाइनल : सिटी र टोटनहमका लागि उपाधि जित्दै समर्थक फकाउने मौका

इकागज | बैशाख १०, २०७८

काठमाडौँ: यस सिजन म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग उपाधि नजिक छ । त्यति मात्रै होइन, सिटीसँग ...