फुटबल

मेस्सीको दुई गोलमा बार्सिलोनाले गेटाफेलाई हरायो

इकागज | बैशाख १०, २०७८

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई हराएको छ । बिहीबार राती भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले हराएको हो ।

बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोइनी ग्रिजमेन र रोनाल्ड अरौजोले एक एक गोल गर्दा एक गोल बार्सिलोनाले गेटाफेबाट उपहार पाएको थियो ।

गेटाफेका लागि इनेस उनालले गोल गरे । अर्को गोल भने बार्सिलोनाबाट उपहार पाएको थियो । जितपछि बार्सिलोना ३१ खेलबाट ६८ अंक बनाएर तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको रियल म्याड्रिड ७० अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट ७३ अंकसहित एथ्लेटिको म्याड्रिड शीर्ष स्थानमा छ । 

हार व्यहोरेको गेटाफे भने ३१ अंकसहित १५ औँ स्थानमा छ ।

बायर्न म्युनिख छाड्दै हान्सी फ्लिक, जर्मनीको प्रशिक्षकमा नियुक्त हुने सम्भावना

इकागज | बैशाख ५, २०७८

काठमाडौँ: बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले शनिबार आफ्नो निर्णय सुनाए । निर्णय थियो, जारी सिजनको अ...