फुटबल

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

इकागज | चैत १७, २०७७

काठमाडौँ  : अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो ।

दशरथ रंगशालामा सोमबार सम्पन्‍न फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरेका थिए । 

बंगलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ । (रासस)
 

किन रिसाए रोनाल्डो ?

इकागज | चैत १५, २०७७

काठमाडौँ: विश्वकप २०२२ छनौट अन्तर्गतको खेलमा शनिबार राती पोर्चुगल र सर्बियाले २-२ को बराबरी खेले ...