फुटबल

थ्रि-नेसन्स कप विजेताले पाँच हजार अमेरिकी डलर पाउने

इकागज | चैत ५, २०७७

काठमाडौँ: अखिल नेपाल फुटबल संघले (एन्फा) को आयोजनामा आगामी मंगलबारबाट सुरु हुने त्रिदेशिय फुटबल प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्ने भएको छ । उप-विजेताले तीन हजार अमेरिकी डलर पाउनेछ । 

नेपालको अलावा बंगलादेश र किर्गिस्तानको अण्डर-२३ टोलीले भाग लिने प्रतियोगिताबाट डेढ करोड मुनाफा गर्ने लक्ष्य लिएको पनि एन्फाले बतायो । काठमाडौँको दशरथ रगंशालामा आयोजना हुने प्रतियोगितामा एक करोड खर्च लाग्ने र आयको मुख्य स्रोत ‘टिकट मनी’ नै हुने एन्फाको भनाइ छ । 

प्रतियोगिताबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मलेनमा एन्फाका प्रवक्ता किरण राईले प्रतियोगिताबाट भएको मुनाफामध्ये पचास लाख बचत गरिने र फुटबल विकासमा लगाइने बताए । प्रतियोगिताको ‘टाइटल स्पोन्सर’ र प्रत्यक्ष प्रशारण अधिकार कसलाई दिने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता राईको भनाई थियो । 

थ्रि-नेसन्स कप २०२१ नाम दिइएको प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान अण्डर २३ र बंगलादेश भिड्नेछन् । त्यस्तै चैत्र १२ मा हुने दोस्रो खेलमा नेपाल र किर्गिस्तान अण्डर २३ आमने सामने हुनेछन् भने दुई दिनपछि नेपालले बंगलादेशको चुनौति सामना गर्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टिम उपाधिका लागि चैत्र १६ मा भिड्नेछन् । प्रतियोगितामा ‘मोस्ट भ्यालुएबल प्लेयर’ लाई पाँच सय अमेरिकी डलर र ‘म्यान अफ दि म्याच’ लाई दुई सय पचास अमेरिकी डलर प्रदान गरिनेछ । 

कुल १५ हजार दर्शक क्षमता रहेको दशरथ रगंशालामा १२ हजार टिकट बेचिने एन्फा प्रवक्ता राईले जानकारी दिए । सामाजिक दुरी कायम राख्न रगंशालामा क्षमता भन्दा तीन हजार कम दर्शक राखिने एन्फाको भनाई छ । दर्शकका लागि भिआईपी र साधारण गरी दुई थरीका टिकट उपलब्ध हुनेछन् । भीआईपी प्याराफिटतर्फको टिकट मूल्य १५ सय रहनेछ भने साधारणतर्फको टिकट सात सयमा उपलब्ध हुनेछ । 

प्रतिोयिगतामा भाग लिन बंगलादेशी टोली बिहीबार साँभ नै काठमाडौँ आइसकेको छ भने किर्गिस्तानको टिम चैत्र ८ मा आइपुग्ने तालिका रहेको छ । सबै पाहुना टिमलाई सोल्टी होटलमा राखिने बताइएको छ । 

स्थानीय तह सहिद स्मृति गोल्डकप : एपिएफ बाहिरियो, आज संकटा र मच्छिन्द्र भिड्‍दै

इकागज | चैत २, २०७७

हेटौँडा : बागमती प्रदेशको राजधानी हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रति...

डर्टमन्ड च्याम्पियन्स लिगमा छनौट नभए हालान्डको रोजाईमा कुन क्लब ?

इकागज | चैत २, २०७७

काठमाडौँ : जर्मन बुन्डेसलिगामा यस सिजन बोरुसिया डर्टमन्ड संर्घषरत छ । गत सिजन लिग उपविजेता बनेको डर्टमन्...