बेनिभेन्टोसँग युभेन्टस पराजित, नेपोली विजयी
काठमाडौँ : इटालिएन सिरी ए फुटबलमा साविक विजेता युभेन्टस पराजित भएको छ । आइतबार राती भएको खेलमा युभेन्टस बेनिभेन्टोसँग १–० गोलले पराजित भएको हो ।
बेनिभेन्टोका लागि एडोल्फो गाइचले गरेको एक मात्रै गोल निर्णायक बन्यो । उनले खेलको ६९ औँ मिनेटमा सुन्दर गोल गरेका थिए । केही सुन्दर प्रहार गरेपनि युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेनन् ।
जितसँगै बेनिभेन्टो २८ खेलबाट २९ अंकसहित १६ औँ स्थानमा यथावत छ । युभेन्टस भने २७ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा छ । हारले युभेन्टसलाई शीर्ष स्थानको इन्टरमिलानसँग अंकदुरी घटाउने अवसर गुमेको छ । इन्टरमिलानको ६५ अंक हुँदा दोस्रो स्थानको एसी मिलानको ५९ अंक छ ।
सिरी ए कै अर्को खेलमा नेपोलीले रोमालाई २-० गोलले हराएको छ । नेपोलीलाई जिताउन दुवै गोल ड्रइज मार्टिनेजले गरेका हुन् । जितपछि नेपोली ५३ अंकसहित पाँचौ स्थानमा छ ।