फुटबल

डेर क्लासिकरमा बार्यन बलियो साबित, लेवानडोस्कीको ध्यान मुलरको कीर्तिमानतर्फ

इकागज | फागुन २३, २०७७

काठमाडौँ : डेर क्लासिकरमा शनिबार बोरुसिया डर्टमन्डलाई पराजित गरेपछि बार्यन म्युनिख बुन्डेसलिगाकाे उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । पछिल्ला आठ सिजन लगातार च्याम्पियन बनेको बार्यनले शनिबार डर्टमन्डलाई ४-२ ले पराजित गर्‍यो । 

आलियान्ज ऐरेनामा भएको खेलमा बार्यनका लागि रोर्बट लेवानडोस्कीले ह्याट्रिक गरे भने लियोन गारेज्काले एक गोल थपे । उता डर्टमन्डका लागि एर्लिङ हालान्डले दुई गोल गरे । खेलमा डर्टमन्डले सुरुवाती १० मिनेटभित्र दुई गोल गरेको थियो । तर डर्टमन्डले अग्रता जोगाउन सकेन ।

जितसँगै बार्यनले २४ खेलबाट ५५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लाइपजिग दुई अंकले पछाडि रहेको छ । पराजित डर्टमन्ड भने ३९ अंकका साथ छैठौँ स्थानमा छ । बार्यन लिग उपाधि धेयका साथ अघि बढिरहँदा डर्टमन्ड भने छ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगमा छनौट नहुने सम्भावना बढेको छ । 

डर्टमन्डविरुद्व तीन गोल गरेसँगै लेवानडोस्कीको लिगमा कुल गोल संख्या ३१ पुगेको छ । पछिल्ला सात सिजन मध्ये पाँचमा उच्च गोलकर्ता बनेका लेवानडोस्कीलाई यसपटक कसैले भेट्टाउने अवस्था छैन । लिगमा हालान्ड र फ्रान्कफर्टका आन्द्रे सिल्भाले समान १९ गोल गरेका छन् ।

लिगको उच्च गोलकर्ता बन्‍ने होडमा रहेका लेवानडोस्की एकै सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्‍ने लक्ष्यमा पनि छन् । यस्तो कीर्तिमान गेर्ड मुलरको नाममा छन् । उनले बुन्डेसलिगामा एकै सिजनमा ४० गोल गरेका थिए ।

फेरिएको म्यानचेस्टर डर्बीमा कीर्तिमानी सिटी र बलियो बन्‍न प्रयासरत युनाइटेड

इकागज | फागुन २३, २०७७

काठमाडौँ : यस सिजनको इंग्लिस प्रिमियर लिगको दोस्रो म्यानचेस्टर डर्बीमा आइतबार म्यानचेस्टर सिटी र म्यानचेस्ट...

च्याम्पियसन्स लिग नभए पनि स्टार खेलाडीले लिभरपुल छाड्ने छैनन् : क्लप

इकागज | फागुन २२, २०७७

काठमाडौँ: लिभरपुलका प्रशिक्षक योर्गेन क्लपले आफ्नो टिम यस सिजन प्रिमियर लिगको शीर्ष चारमा नपरे पनि ...

स्पेनी ला लिगाः उपाधि होड खुल्ला बनाउन सक्ने यसपटकको म्याड्रिड डर्बी

इकागज | फागुन २१, २०७७

काठमाडौँ: स्पेनी ला लिगामा यस सिजन उपाधि दौडमा रियल म्याड्रिड र बार्सिलोनालाई  एथलेटिको म्याड्रिडल...

ग्वार्डिओला र क्लप जस्तो सफल हुन मलाई समय चाहिन्छ : चेल्सी प्रशिक्षक टुचेल

इकागज | फागुन २०, २०७७

काठमाडौँ: चेल्सीका प्रशिक्षक थोमस टुचेलले आफ्नो क्लब म्यानचेस्टर सिटी र लिभरपुलको स्तरसम्म पुग्‍न&...