सरकार

लोकसेवालाई विज्ञापन खोल्न दिने मन्त्रिपरिषद्काे निर्णय

इकागज | माघ २७, २०७८

कैलाली – सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्ले प्रदेश लोकसेवा आयोगलाई विज्ञापन खोल्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले तहगत कायम गर्दै रिक्त रहेका पदमा पदपुर्ति गर्न आयोगलाई लेखी पठाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले संघीय सरकारको स्वीकृत दरबन्दीअनुसार प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवालाई आग्रह गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बताइन् ।

कर्मचारी समायोजन अनुसार प्रदेशमा समायोजन नहुने विशिष्ट श्रेणी प्रमुख सचिव, संघिय ऐन बमोजिमबाट पुर्ति हुने पदबाहेकलाई तहगत कायम गरी कर्मचारीको दरबन्दीको सीमाभित्र रही दरबन्दी स्वीकृत गर्ने भन्ने निर्णय भएको बताउदै मन्त्री जोशीले रिक्त दरबन्दी रहेका मन्त्रालयको माग आपुर्ति फारम भरी प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय समेत भएको बताइन् ।

गृहमन्त्री खाण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल

इकागज | माघ २६, २०७८

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । गृ...

चीनसँगको सीमा समस्याबारे अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्छौ- प्रवक्ता कार्की

इकागज | माघ २५, २०७८

काठमाडौँ- सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चीनसँगको स...

प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह

इकागज | माघ २५, २०७८

काठमाडौँ - गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थ...