सरकार

गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन् : उपराष्ट्रपति यादव

इकागज | कात्तिक ३०, २०८१

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिएका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् । 

गुरुनानक जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले विद्यमान सबैखाले विकृति, विसङ्गति र विभेदको अन्त्य गरी समतामूलक, शान्त, सौम्य, सभ्य र सुसंस्कृत समाजको निर्माणमा दत्तचित्त भई लाग्न आजका दिनले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

गुरुनानकले आफ्नो यात्राका क्रममा थुप्रै भजन र गीत रचेर मानवमात्रको कल्याण गर्ने जीवन सूत्रहरु दिनुभएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले गुरुनानकको उपदेशले सत्य, आत्मज्ञान र मानवताप्रति सदैव समर्पित हुने शिक्षा प्रदान गर्ने बताएका छन् ।
 
गुरुनानकका उपदेशलाई जीवनमा आत्मसात् गर्दै राष्ट्रिय एकता, परस्पर प्रेम, भ्रातृत्व र शान्तिको भावना फैलाउने दृढ सङ्कल्पका साथ अगाडि बढ्न सक्नुपर्नेमा जोड दिँदै कार्यवाहक राष्ट्रपति यादवले यस जयन्तीले सत्य, करुणा र सेवाभावको मार्गमा हिँड्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
 
उपराष्ट्रपति यादवले गुरुनानक जयन्तीले राष्ट्रिय एकता, समाजमा समता, साम्प्रदायिक एकता, सहिष्णुता, भाइचारा, शान्ति, सद्भाव, आपसी मेलमिलाप र सामाजिक न्यायका आदर्शलाई आत्मसात गर्न उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख समुदायमा सुख, शान्ति र सु–स्वास्थ्य कामनासमेत गरेका छन् ।
 
प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरुनानक जयन्ती मनाउने गर्छन् । गुरुनानक देवको सम्झनामा आज गुरुद्वारामा श्रद्धा र भक्ति भावले कीर्तन तथा दीप प्रज्ज्वलितलगायत कार्यक्रम आयोजना गरिएका छन् ।

कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ- प्रधानमन्त्री ओली

इकागज | कात्तिक २९, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि  समीक्षा र मूल्याकंन हुने बत...

राष्ट्रपति पौडेलको अजरबैजानका समकक्षी अलियेफसँग भेटवार्ता

इकागज | कात्तिक २९, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकहरूलाई जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न व्यक्त गरिएका आफ्...

काँग्रेसले कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा चौधरीलाई उम्मेदवार बनाउने

इकागज | कात्तिक २९, २०८१

नेपाली काँग्रेस कैलालीले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका कुमारी चौधरी (भुल) लाई उम्मेदवार ब...

बुटवल–नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प छैन : प्रधानमन्त्री

इकागज | कात्तिक २९, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प सरकारसँग नभएको बताएका छ...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्छौं- प्रधानमन्त्री ओली

इकागज | कात्तिक २८, २०८१

जुम्ला - प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन...

हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने बुझौं : राष्ट्रपति पौडेल

इकागज | कात्तिक २८, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व...

मन्त्री पाण्डेको चुनाैती - करोड होइन, कौडी खाएको पुष्टि गरे राजनीति छोडिदिन्छु

इकागज | कात्तिक २७, २०८१

काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता...

राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै

इकागज | कात्तिक २७, २०८१

बाकु (अजरबैजान)- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि प...

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : एसपिपीको कुनै कुरा वा चर्चा नै छैन्

इकागज | कात्तिक २७, २०८१

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी...