स्वास्थ्य

७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी

इकागज | कात्तिक ९, २०७९
काठमाडौँ- लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ। हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा, हुम्लामा पनि डेंगुका बिरामी भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएकाे छ । मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगुको बिरामी भेटिएका छन् । डेंगुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।