कोभिड-१९

थप ४२ जनामा कोभिड संक्रमण, एकको मृत्यु

इकागज |
कात्तिक ७, २०७९ सोमबार १७:८ बजे

काठमाडौँ- नेपालमा थप ४२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ सय पिसिआर परीक्षणका क्रममा ४० जना र ४ सय २१ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोभिड-१९ का कारण थप १ जनाको मृत्यु भएको छ भने थप ४३ संक्रमित कोभिडमुक्त भएका छन् ।


हाल नेपालमा ६ सय ९२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x