स्वास्थ्य

चिकित्सक अभाव भएपछि सेवा प्रभावित

इकागज | पुस १५, २०७८
दार्चुला - जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो । जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिटेन्डेण्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा दुई दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो । प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालक...