स्वास्थ्य

धुलिखेलमा ४० वर्षमाथिका नागरिकको पिसाब परीक्षण गरिँदै

इकागज | पुस १०, २०७८
काभ्रेपलाञ्चोक- ‘स्वस्थ नगर’ अभियानअन्तर्गत धुलिखेल नगरपालिकाका ४० वर्ष नाघेका सबै नागरिकको पिसाब परीक्षण गरिने भएको छ । समुदायस्तरमा मधुमेह र मिर्गौलाको अवस्था तथा रोग पत्ता लगाउन निःशुल्क पिसाब परीक्षण गर्न लागिएको जनाइएको छ । संघीय सरकारले पनि गत असोजमा ४० वर्ष उमेरमाथिका नागरिकको निःशुल्क पिसाब परीक्षण गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशा...