स्वास्थ्य

महावीर पुन भन्छन्:

‘दुर्गममा अक्सिजन कन्सेन्ट्रेटर बाड्दैछौँ, चाहियो भने फोन गर्नुहोला’

इकागज | जेठ १५, २०७८
काठमाडौँ : राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले दुर्गम जिल्लाका अस्पतालमा अक्सिजन कन्सेन्ट्रेटर बाड्न लागेको बताएका छन् । शनिबार बेलूकी केन्द्रमा ११२ वटा अक्सिजन कन्सेन्ट्रेटर आइपुगेको भन्दै तत्कालै आवश्यकता भएका ठाउँमा प्राथमिकता हेरेर दुर्गम ठाउँमा बाड्न लागिएको बताएका हुन् । आफ्नो अस्पतालको अवस्थाबारे जानकारी दिन र प्राथमिकता अनुसार कन्सेन्ट्रेटर बाड्न लागिएको उनको भनाइ छ । पाँच लीटरको १०० वटा र १० लीटरको १...