स्वास्थ्य

कोभिड-१९ संक्रमित सिन्धुपाल्चोकका पुरुषको मृत्यु

इकागज | बैशाख १८, २०७८
काभ्रेपलाञ्चोक : कोभिड-१९ सङ्क्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको आज धुलिखेल अस्पतालमा मृत्यु भएको छ । सैतीस वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  मुटुका रोगी उनलाई शुक्रबार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठले जानकारी दिए ।  श्रेष्ठ...