स्वास्थ्य

दोस्रो चरणको खोप २० दिन सञ्‍चालन हुने

इकागज | फागुन १९, २०७७
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन २३ गतेदेखि कोभिड-१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने अभियान सुरु गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिए । उनले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गरे । यसैगरी बुधबार सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्...