प्रदेश / स्थानीय सरकार

प्रदेश सरकारका यी मन्त्री जसले पद गएको दुई दिनपछि थाहा पाए

इकागज | चैत २७, २०७८
धनगढी- नेकपा एकीकृत समाजवादीका तारालामा तामाङ गत १ असोजमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भए । मन्त्री बनेको सात महिनामै उनको पद खुस्कियो । मन्त्रीबाट हटाइएको दुई दिनपछि मात्रै उनले जानकारी पाए ।  कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका लामाले मन्त्रीबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाएका हुन् । मुख्यमन्त्री त्रिलोचन भट्टले २५ चैतमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए...