प्रदेश / स्थानीय सरकार

स्थानीय सरकारका संस्थापकहरूसँग संवाद-५

गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क, सेनेटरी प्याड पनि निःशुल्क छ

लक्ष्मी भण्डारी | माघ २३, २०७८
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका प्रदेशको प्रवेशद्वार पनि हो । प्रस्तुत छ, नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालसँग इकागजका लक्ष्मी भण्डारीको कुराकानी : तपाईंहरू संघीयताको खास जग हुनुहुन्छ । नेपालले संघीयता थेग्न सक्दैन भन्ने आवाज पनि छँदै छ, स्थानीय सरकारको संस्थापक नेतृत्व भएका आधारमा तपाईं के भन्नुहुन्छ ?  - नेपालमा संघीयताले गर्दा विकासमा केही फड्को मारेको हामी जनप्रतिनिधिहरूले अनुभव गरेका छौँ ...