प्रदेश / स्थानीय सरकार

खोटाङमा वडाध्यक्ष श्रेष्ठको निधन

इकागज | पुस १३, २०७८
खोटाङ - जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित श्रेष्ठको गएराति ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउँदै औपचारिक कार्यक्रम स्थगन गर्ने, एक दिन पार्टी कार्यालय बन्द गर्ने र कांग्रेसको झण्डा आधा झुकाउने निर्णय गरिएको जिल्ला सभापति विष्णुकु...