प्रदेश / स्थानीय सरकार

कर्णाली सरकारले पूर्णता नपाउँदै गठबन्धनमा तिक्तता

लक्ष्मी भण्डारी | मंसिर ५, २०७८
सुर्खेत - कर्णाली प्रदेश सरकारले पूर्णता नपाउँदै सत्ता गठबन्धनबीच तिक्तता सुरु भएको छ । जीवनबहादुर शाहीले मुख्यमन्त्रीको सपथ खाएको तीन साता पुग्दा पनि कर्णाली सरकार गठनले पूर्णता पाउन सकेको छैन ।  गठबन्धनभित्र तिक्तता बढाउने मुख्य कारण हो मन्त्रालयको भागबन्डा । महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै तीन दलीय गठबन्धनबाटै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बने । गत कात्तिक १६ गते...