प्रदेश / स्थानीय सरकार

मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

इकागज | जेठ २४, २०८१
महोत्तरी- आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ ।  वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्वमा आज बिहानैदेखि वरपीपल भएका स्थानमा चहलपहल बढेको छ । नयाँ वस्त्र लगाएका महिला सामूहिक गीत गाउँदै हर्षपूर्वक ...