प्रदेश / स्थानीय सरकार

मधेशका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत

इकागज | फागुन ६, २०८०
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् ।  मधेश सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको आज प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गरेका थिए ।​ आइतबारको प्रदेश सभामा उपस्थित कुल १ सय ४ सांसदहरूमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिएका छन् । विपक्षमा कुल ३५ सांसद पुगेका छन् । दोस्रो पटकसम्...