प्रदेश / स्थानीय सरकार

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो

इकागज | असोज ३०, २०८१
म्याग्दी- धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।  सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेत...