प्रदेश / स्थानीय सरकार

‘जोरायली बासमती धान’ डोटीको पहिचान

इकागज | कात्तिक ५, २०८१
सुदूरपश्चिम- डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ । नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’का खेतको  धान काटेर भित्र्याउन भ्याइनभ्याई छ । कर्मनासा नदीको वरिपरि देखिने धानका फाँटसहितको वरिपरिको प्राकृतिक दृश्य रमणीय छ ।  जोरायल गाउँपालिकामा पर्ने जोरायल क्षेत्रको भूबनोट वरिपरि पहाड र बीचमा समथर भू...