प्रदेश / स्थानीय सरकार

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना

इकागज | बैशाख ८, २०८१
पाल्पा- पाल्पामा सवारी दुर्घटना परेर १० जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।  शुक्रबार राति लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो ।  भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूक...