प्रदेश / स्थानीय सरकार

अनुहारको विकृति सम्बन्धी समस्याको नि:शुल्क उपचार जनकपुरधाममा सुरु

सुभाष कर्ण | साउन २०, २०८०
 जनकपुरधाम- नेपालमै पहिलो पटक अनुहारका विकृति सम्बन्धी उपचारको जनकपुरधाममा अस्पताल स्थापना हुने भएको छ । शनिबार जनकपुरधाममा आयोजित एक समारोहका बीच स्थापना हुने अस्पतालको मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले शिलान्यास गरेका छन् । अस्पतालको शिलान्याससँगै उपचार सेवा पनि शनिबारदेखि नै सुरु भएको छ ।  आम नागरिकलाई निःशुल्क उपचार सेवा दिने उद्देश्यले विश्वविख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्...