प्रदेश / स्थानीय सरकार

काठमाडौँ महानगरले थाल्यो रात्रिकालीन अनुगमन, जथाभावी फोहोर फाल्नेलाई कारबाही

इकागज | चैत ३०, २०७९
काठमाडौँ- सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ ।   यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहोर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ  । बुधबार राति वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा४च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन...