प्रदेश / स्थानीय सरकार

माओवादी गण्डकी प्रदेश दलको नेतामा चुमान सर्वसम्मत, मुख्यमन्त्रीमा दाबी

इकागज | पुस १७, २०७९
पोखरा । गण्डकी प्रदेशसभामा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत भएका छन । पार्टीले उनलाई सर्वसम्मत रुपमा दलको नेता बनाउने निर्णय गरेको पार्टीका पोलिटब्युरो सदस्य राजकाजी गुरुङ ‘करण’ले जानकारी दिए । पार्टीले सर्वसम्मत रुपमा चुमानलाई संसदीय दलको नेता चुनेसँगै गण्डकी प्रदेशको मुख्यमन्त्री पनि दाबी गरेको गुरुङले बताए । ‘पार्टीले सर्वसम्मत रुपमा उहाँ दलको नेता बनाउने निर्...