प्रदेश / स्थानीय सरकार

आफ्नो निजी घर निर्माणमा नगरपालिकाको सवारीसाधन र औजार प्रयोग भएको मेयर शाहीद्वारा स्वीकार

इकागज | मंसिर २७, २०७९
काठमाडौँ - कैलालीको लम्किचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले नगरपालिकाको सवारी साधन र औजार आफ्नो निजी घर निर्माणमा प्रयोग भएको स्वीकार गरेकी छन् । सोमबार विज्ञप्ति जारी गर्दै मेयर शाहीले आफ्नो घर बनाइरहेको गरिरहेको निर्माण व्यवसायीले नगरपालिकाको सवारी साधन र औजार प्रयोग भएको स्वीकार गरेकी हुन् । तर सवारी साधन र औजार प्रयोग गर्दा निर्माण व्यवसायीले आफूलाई कुनै जानकारी नदिएको दाबी गरेकी छन् । 'म नगरप्रमुख हुनुभन्द...