प्रदेश / स्थानीय सरकार

सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’

इकागज | भदौ ६, २०८१
ढोरपाटन (बागलुङ)- धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी भाका गुनगुनाइन्थे । तर पछिल्लो समय मौलिक भाका यानीमाया र सुनिमाया गुञ्जिन छोडेका छन् ।  केही बुढापाका बाहेक धेरैले यस्ता भाका गाउन जान्दैनन् । हिजोआज कलाकारहरूलेसमेत यानीमाया र सुनिमाया भाका रेकर्ड गर्न छाडेका छन् । मेला...