प्रदेश / स्थानीय सरकार

कांग्रेस गण्डकीको संकल्प : वार्षिक ३० लाख पर्यटकदेखि कृषिमा आत्मनिर्भरसम्म

इकागज | बैशाख २३, २०७९
पोखरा- नेपाली कांग्रेस गण्डकीले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर संकल्प पत्र तयार गरेको छ । कांंग्रेस गण्डकीका महामन्त्री बिष्णुप्रसाद लामिछानेको संयोजकत्वमा तयार पारिएको संकल्प प्रस्ताव शुक्रबार सार्वजनिक गरेको हो । ‘शान्ति, स्थिरता र समृद्धिका लागि नेपाली कांग्रेस, नेपाली कांग्रेसको जित, प्रदेशवासीको हित’ भन्ने नारा रहेको संकल्प प्रस्तावमा भएका ३० प्रतिवद्धताका बुँदाहरु ५ वर्षमा पुरा गर्ने संकल्प गरिएको छ...