प्रमुख समाचार

ल्होछारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

इकागज | माघ २७, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होछार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि  शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपतिले आज दिएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सोनाम ल्होछार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

सोनाम ल्होछार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्याल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गरेका छन् । 

बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई पदमुक्त नगर्न आदेश

इकागज | माघ २६, २०८०

काठमाडौँ- सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई पदमुक्त गर्ने सरकार...

पाकिस्तान निर्वाचनः  कूल २३३ राष्ट्रिय सभा र प्रान्तीय सीटहरूको नतिजा घोषणा, कसले कहाँ जिते ?

इकागज | माघ २६, २०८०

काठमाडौँ - पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रिय सभा र प्रान्तीय निर्वाचनको कुल २३३ सिटको नतिजा घोषणा गर...

पाकिस्तान निर्वाचन : इमरान खान निकट स्वतन्त्र उम्मेदवारको समूहलाई अग्रता

इकागज | माघ २६, २०८०

इस्लामावाद- पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्स...