राजनीति

समाजवादी फुटाउन लागेको हल्लापछि झलनाथको यस्तो छ प्रष्टिकरण

इकागज | बैशाख २६, २०८१
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर नियोजित रूपले यस्तो प्रचार गरेको बताएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालको विभाजन भएपछि नेकपा एकीकृत समाजवादी पनि विभाजन हुन लागेको चर्चा हुन थालेपछि खनालले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न आग्रह गरेका हुन् । एकीकृत समाजवादीबाट ६ जना सांसद लिएर खनालले संसदीय दल फ...