राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

इकागज | चैत ६, २०८०
काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बिहान ११:०० बजे बोलाइएको छ । संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।  यसैगरी, अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ प्रस्तुत गर्नेछन्...