संसद्

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

इकागज |
चैत ६, २०८० मंगलबार ७:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बिहान ११:०० बजे बोलाइएको छ ।


संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । 

यसैगरी, अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ प्रस्तुत गर्नेछन् ।

साथै, आ.ब. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

 


Author

थप समाचार
x