संसद्

प्रतिनिधिसभा बैठक बस्‍दै, के छ सम्भावित कार्यसूचीमा ?

इकागज |
चैत १९, २०८० सोमबार ६:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बिहान ११ बजे बोलाइएको छ ।


आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।

साथै उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘विद्युत्‌ व्यापार विधेयक २०८० माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x