महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै

इकागज | पुस २१, २०७८

महोत्तरी- लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन् । 

सोनमा गाउँपालिकाले सोमबार सूचना जारी गरेर एक साता विद्यालय बन्द गराएको छ । त्यसैगरी मटिहानी नगरपालिकाले  मङ्गलबार सूचना जारी गरी आजदेखि विद्यालय बन्द रहने जनाएको छ । आधारभूत तहका विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै केही दिन विद्यालय बन्द गर्ने निधो गरिएको स्थानीय तहले जनाएका छन् । मौसममा सुधार आए पठनपाठन सञ्चालन गरिने सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले बताए । मटिहानीका उपप्रमुख शिबोदेवी साहले बालबालिकालाई चिसोबाट बचाउन केही दिन विद्यालय बन्द गरिएको र मौसममा सुधार आउनासाथ पठनपाठन सञ्चालन हुने बताइन् । 

बाक्लो हुस्सु लागेपछि जाडो निकै बढेको छ । बर्दिवास, भङ्थगाहा, औरही र गौशाला नगर क्षेत्रका अधिकांश ठाउँमा भने मङ्गलबार घाम लागेको थियो । मध्य र दक्षिणवर्ती भेगमा भने बाक्लो हुस्सु लागेको छ । सम्सी, एकडारा, महोत्तरी र पिपरा गाउँपालिका तथा मनराशिशवा, जलेश्वर, रामगोपालपुर, बलवा, लोहारपट्टी र जलेश्वर  नगरपालिकाका विद्यालयमा  विद्यार्थीको उपस्थिति घट्दै गएको छ । 

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा चार दलका ५ जनाले दिए उम्मेदवारी

सुभाष कर्ण | पुस २०, २०७८

जनकपुरधाम - आगामी माघ २२ गते हुने राष्ट्रियसभा सदस्यको दुई पदका लागि निर्वाचनका लागि प्रदेश २ मा चार द...

राष्ट्रिय सभाका निर्वाचन- प्रदेश २ मा जसपा, माओवादी र एमालेले उम्मेदवार टुंग्यायाे

सुभाष कर्ण | पुस २०, २०७८

जनकपुरधाम- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा जनता समाजवादी पार्टी, नेकपा माओवाद...

परीक्षा केन्द्र सारिएकाे भन्दै विद्यार्थीहरु उत्रिए आन्दाेलनमा

इकागज | पुस १८, २०७८

जनकपुरधाम : परीक्षा केन्द्र सारिएको भन्दै सर्लाहीमा विद्यार्थीहरु आन्दोलित भएका छन् । स्नातक चौथो वर्षक...